पेरिस आगलागी

८५० वर्ष पुरानो गिरिजाघरमा आगलागी

फ्रान्सको राजधानी पेरिसमा रहेको एक ऐतिहासिक चर्चमा आगलागी भएको छ । पेरिसको नोट्र डाम गिरिजाघरमा आगलागी भएको हो । ८५० वर्ष भन्दा पुरानो भवमा रहेको गिरिजाघरमा आगलागी भएको हो । गिरिजाघरको सम्पूर्ण क्षेत्रमा आगो फैलिएको छ ।

तत्काल आगलागीको कारण खुलेको छैन । तर आगो नियन्त्रणमा लिनका लागि अग्निनियन्त्रक खटिएका छन् ।

गिरिजाघरमा जीर्णोद्धारको काम भइरहेको थियो, सोही क्रममा आगालगी भएको हुन सक्ने अनुमान छ । मानवीय क्षति बारे जानकारी आएको छैन ।

बैशाख २, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्