आलियाले वरुणलाई रणवीर भनेर बोलाएपछि….

पछिल्लो समय बलिउडमा एकदमै सक्रिय अभिनेत्री हुन् आलिया भट्ट। उनको सक्रियता अनि उनका सफल चलचित्रको कारणले आलिया जहिले चर्चामा रहने गर्छिन्। पछिल्लो समय आलिया चर्चामा आउनुको अर्को कारण अभिनेता रणवीर कपूरसँगको प्रेम सम्बन्ध पनि हो।

आलियाले कतिपय अन्तर्वार्तामा रणवीर कपूरले आफूलाई मन पराउने कुरामा आशावादी रहेको बताएकी छन्। हिजो आज यो जोडी प्रेम सम्बन्धमा भएको बारेमा पनि धेरै चर्चा हुने गरेको छ। धेरै पल्ट उनीहरुको रोम्यान्टिक अवतारहरु पनि देखा परेको छ। भर्खर आलियाले आफ्नो व्यस्त समयमा पनि रणवीरलाई कति सम्झन्छिन् भन्ने कुराको प्रमाण नजानेर दिएकी छन्।

हिजोआज चलचित्र कलंकको प्रोमोसनमा हिडेकी आलिया सबै टिमसँग एक कार्यक्रममा सहभागी भएकी थिइन्। कार्यक्रममा वरुण र आलिया सँगै बसेका थिए। यहि समयमा वरुणले आलियाको कपाल पछाडिबाट चलाएर दु:ख दिन थाले। यो क्रियाकलापले आलियालाई केही समस्या भयो अनि उनले वरुणलाई रोक्न खोजिन्।

 

View this post on Instagram

 

Awww 🙈 #Aliabhatt just Referred to #Varundhawan as #RanbirKapoor ❤️😂 . . •All credits goes to the owner

A post shared by Alia Bhatt (@aliaabhatt.x) on

आलियाले वरुणलाई नगर भन्ने बेलामा रणवीरको नाम लिइन्। आलियाले वरुणको सट्टा रणवीरको नाम लिएपछि सँगै बसेका सोनाक्षी र आदित्य बेस्सरी हाँसेका थिए। आलियाले भने लजाएर शिर निहुराइन्। आलिया भट्टबाट भएको यो सुन्दर गल्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। यसबाट आलिया व्यस्त समयमा पनि रणवीरको सम्झनामा रहिरहेको प्रष्ट पारेको छ।


केही समय अगाडि आलिया र रणवीरको विवाह हुने कुरा आइरहेको थियो। उनीहरुको इन्गेजमेन्टको लागि ऋषि कपूर चाँडै नै भारत फर्कदै छन्।

तर दुवै स्टार आफ्नो सुटिङमा व्यस्त छन्। आलिया अभिनित चलचित्र १७ अप्रिलमा प्रर्दशन हुँदैछ। यसपछि आलिया सलमान खान र संजय लिला भन्सालीसँग पहिलो पल्ट चलचित्रमा काम गर्दै छिन्। आलिया कलंकको प्रमोशन सकाएपछि सडक –२ को सुटिङमा व्यस्त हुनेछिन्।

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्