मनिषा कोइरालाले पूरा गरिन् आधार शिविरको पदयात्रा

काठमाडौँ – चर्चित अभिनेत्री मनिषा कोइराला सगरमाथाको आधारशिविरको पदयात्रा सकेर सोमबार राजधानी फर्केकी छन्।

गत चैत २४ गते कोइरालाले आफ्ना भारतका तीन जना स्कुले साथीहरुका साथमा सगरमाथाको आधार शिविरको पदयात्रा तय गरेकी थिइन्।

क्यान्सर रोगलाई जितेकी अभिनेत्री कोइरालाले आधारशिविरको पदयात्राको तयारीका लागि काठमाडौँ उपत्यका वरपरका पहाडहरुमा पुगेकी थिइन्।

पदयात्राले शरीर मात्रै नभएर मन पनि फुर्तिलो बनाउने अनुभव आफुले गर्दै आएको उनले सामाजिक सञ्जालमार्फत बाँड्दै आएकी छिन्।

कोइरालाले सरकारले सुरु गरेको भ्रमण वर्ष २०—२० लाई सहयोग पुर्याउन पनि आफ्ना साथीहरुलाई लिएर आधार शिविर रोजेको उनको भनाई छ।

 

 

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्