डेंगूको उपचारपछि अस्पतालबाट घर फर्किइन् निरुता सिंह

काठमाडौँ– अभिनेत्री निरुता सिंह एक महिना अस्पताल बसाइपछि घर फर्केकी छन्। एक महिना अगाडि उनलाई डेंगू भएको पत्ता लागेको थियो। नेपालगञ्ज भएको बेलामा डेंगु भएको पत्ता लागेको सिंह मुम्बईको एक अस्पतालमा भर्ना भएकी थिइन्।

उनी अस्पताल भर्ना भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी चलचित्र पत्रकार अनुप भट्टराईले आफ्नो फेसबुक मार्फत जानकारी गराएका हुन्।

उनलाई धेरैले चाँडै निको हुने शुभकामना दिएका छन्। निरुताले अभिनय गरेको चलचित्र ‘दाल भात तरकारी’ प्रदर्शनको तयारीमा छ।

तस्बिर-अनुप भट्टराईकाे फेसबुकबाट

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्