गंगा सुवेदीले ल्‍याइन् कथा संग्रह ‘नियालेर आकाश’

काठमाडौं-लेखक गंगा सुवेदीको कथा संग्रह ‘नियालेर आकाश’ सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रम गरी कथा संग्रह सार्वजनिक गरिएको हो।

प्राज्ञ माया ठकुरी, साहित्यकार लक्ष्मणप्रसाद गौतम, समिक्षक उमाप्रसाद कोइराला, साहित्यकार ज्ञानु अधिकारी र गंगा सुवेदीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रमकी प्रमुख अथिति प्राज्ञ माया ठकुरीले ‘नियालेर आकाश’ का कथामा महिलाहरुका पिडालाई प्रस्तुत गरिएको भन्दै आगामी  दिनमा पुरुषका विषयमा समेत कथा लेख्न सुझाव दिइन्।

यस्तै साहित्यकार ज्ञानु अधिकारीले कथा संग्रहमा रहेका कथाहरु यथार्थपरक रहेको बताएकी थिइन्। कथा संग्रह डिकुँरा पब्लिकेशनले बजारमा ल्याएको हो।

बैशाख ३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्