काठमाडौं-टोखा बासीले टोखा बिस्काः नखः ‘बिस्केट जात्रा’ अन्तिम दिन देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराएका छन्।

लिच्छविकालीन यो जात्रालाई नेवार समुदायले सिन्दुर जात्राको रुपमा सेत मनाउँदै आएका छन्।

टोखा विस्केट जात्राको महत्वपूर्ण दिन मं‍गलबार उनीहरुले विभिन्‍न देवीदेवताहरुलाई नारायणपोखरीमा स्नान गराए।स्थान गराउँदा हेर्न आएका दर्शनार्थीहरुले फूल र अबिर चढाएका थिए। 

काठमाडौं उपत्यकाको सबभन्दा पुरानो जात्रा मानिने टोखाको विस्केट जात्राको आफ्नै ऐतिहासिक महत्व छ।

विशेष खटमा सजाइएका गणेश, कुमारी ,सपनतीर्थ,मसानकाली र चण्डेश्वरी लगायतका देवी देवतालाई नारायणपोखरीमा स्नान गराएको हेर्न श्रद्धालुको घुँइचो लागेको थियो भने मानिसहरुले घरघरबाट देवी देवतालाई स्नान गराउन लैजादा फुल र अविर चढाएका थिए।

विस्केट जात्राको अन्तिम दिन देवी देवताहरुलाई स्नान गराएर आ-आफ्नो स्थानमा विराजमान गराउने चलन छ।