एक जहाज,अलपत्र यात्रु र बेमोज यात्रा!

एक जहाज
अलपत्र यात्रु र
बेमोज यात्रा !

सत्तान्धो हुँदा
बढ्ने नै अभिमान
मान्छे चिने पो !

शान्ति नियम
‘मलाई’ नै लाग्छ र ?
बुद्धले बुझोस् ।

‘उपेन्द्र पथ’
पछ्याउँदै गरेको
कस्तो धोका भो !

यो गणतन्त्र
जन्ता बिचल्ली पारी
‘बुद्ध’ झै उड्छ !

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्