मेस्सीको बलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै बार्सिलोना सेमिफाइनलमा

लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको सहयोगमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब युनाइटेडलाई ३-० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले समग्रमा ४-० को जितसहित अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि लियोनल मेस्सीले १६ र २० औँ मिनेटमा गरि दुई गोल गरे ।

यस्तै फिलिप कोन्टिन्होले ६१ औँ मिनेटमा गोल गरि टिमलाई जिताउन सहयोग गरे । युनाइटेडका एलेक्स सान्चेजले गोल गर्ने राम्रो मौका बनाएका थिए । तर बार्सिलोनाका गोलरक्षकले रोके ।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्