सुनको भाउ घट्यो, चाँदीको बढ्यो

सांकेतिक तस्बिर

काठमाडौँ – सुनको भाउ बुधबार तीन सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै चाँदी भने बुधबार तोलामा ५ रुपैयाँ बढेर ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्