प्रदेश-३ का मुख्यमन्त्रीले बारा-पर्साका हुरीपीडितलाई दिए एक करोड

वीरगञ्‍ज- गत चैत्र १७ गते आएको बिनाहकारी हावाहुरीबाट प्रभावितहरुको लागि प्रदेश नम्बर ३ को सरकारले १ करोडको सहयोग गरेको छ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले रु एक करोडको चेक बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश ३ का मुख्यमन्त्री पौडेलले मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश नम्बर ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

चेक बुझदै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश-३ का मुख्यमन्त्री र प्रदेश सभालाई धन्यवाद दिएका छन्।

यस्तै प्रदेश नम्बर ३ का सांसदहरुको तीन दिनको तलब बराबर रु ४ लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ। बैंकमा जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरिन्।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्