वैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड

काठमाडौं-नबिल बैंकले सहायक कम्पनी नबिल इन्भेष्टमेण्ड लिमिटेडले वैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड दुईको इकाइ बजारमा ल्याउने भएको छ।

काठमाडौं त्रिपुरेश्वरस्थित नविल बैंकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। इच्छुक लगानीकर्ताले यस योजनामा न्यूनतम १ हजारदेखि १२ करोडसम्म लगानी गर्न सक्नेछन्।

लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा ९ गतेभित्र आवेदन दिन सक्नेछन्।

यसका साथै लगानीकर्ताहरुले आफ्नो खाता रहेको बैंक वा मेरो शेयर लगइन गरी अनलाईन आवेदन गर्न सक्नेछन्।

यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँको रहने छ।

यसको अवधि १० वर्ष रहेको नबिल बैंकका स्किम म्यानेजर महाकण्ठ अर्यालले जानकारी दिए।

नबिल एन्भेष्टमेण्ट बैकिंङले यस अघि नबिल व्यालेन्स फण्ड १ र नबिल इकिटी फण्ड संचालनमा ल्याइसकेको छ।

बैशाख ४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्