आइपिएल २०१९

धोनी बिनाको खेलमा हार्‍यो चेन्नई

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्स पराजित भएको छ । कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिइएको खेलमा चेन्नई सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित भएको हो ।

चेन्नईले प्रस्तुत गरेको १३३ रनको लक्ष्य घरेलु टोली हैदराबादले १६ ओभर पाँच बलमा चार विकेटको क्षतिमा भेट्टायो । हैदराबादका लागि जोनी बेयरस्टोले ४४ बलमा नटआउट ६१ तथा डेविड वार्नरले २५ बलमा ५० रन बनाए । चेन्नईका इमरान ताहिरले दुई विकेट लिए ।

फिटनेशका कारण धोनीलाई आराम दिइएको खेलमा पहिले ब्याटिङ्ग गरेको चेन्नईले पाँच विकेटको क्षतिमा १३२ रन बनाएको थियो । उसका लागि फाप डु प्लेसिसले ३१ बलमा ४५ तथा शेन वाट्सनले २९ बलमा ३१ रन बनाएका थिए । हैदराबादका रशिद खानले दुई विकेट लिए ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्