काठमाडौँ – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा नवलपुरमा ट्रकमा आगजनी भएको छ । कावासोती नगरपालिका–१६ डण्डामा बन्दकर्ताले रोकिराखेको ट्रकमा आगजनी गरेक हुन् ।

भारतको गुजरातबाट काठमाडौँका लागि छुटेको मालबहाक ट्रकमा बिहीबार बिहान आगजनी भएको प्रहरीले जनाएको छ । आगोका कारण ट्रकको अघिल्लो भागमा क्षति भएको छ । प्लाइउड लिएर आएको ट्रकमा आगजनी भएको हो ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्