एचआइभीको प्रयोग गरेर शिशुमा हुने गम्भीर रोगको उपचार

सेन्ट जुडी अस्पतालमा भएको अनुसन्धान अन्तर्गत उपचार पाएका बालक गेल आमाका साथमा ।

वैज्ञानिकले एचआइभी भाइरसको प्रयोग गरेर बालबालिकामा हुने ‘सिभर कम्बाइन्ड इम्युनोडिफिसेन्सी’ (एससिआइडी) वा ‘बबल ब्वाइ’ रोगको उपचारका लागि जेन थेरापीको विकास गरेका छन् ।

एचआइभी भाइरसको प्रयोग गरेर तयार बनाइएको जेन थेरापीमार्फत बुबल ब्वाइ रोग लागेका ८ शिशुको उपचार गरेको वैज्ञानिकले बताएका छन् । अमेरिकाको टेनिसी अस्पतालमा गरिएको अनुसन्धानको प्रतिवेदन न्यु इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।

इम्युन प्रोटेक्सन निकै कम वा बिहीन अवस्थामा जन्मिएका शिशुलाई जेन थेरापी मार्फत उपचार गरिएको र अहिले ती सबै बालबालिकाको इम्युन सिस्टम अर्थात रोगप्रतिरोधात्मक प्रणाली पूर्ण रुपमा क्रियाशिल रहेको वैज्ञानिकले बताएका छन् ।

बबल ब्वाइ रोगसहित जन्मिएका शिशुको उपचार नभएमा उनीहरु पूर्णतः निष्क्रिय रहने र शिशु अवस्थामै उनीहरुको मृत्यु हुने गर्छ । शिशुको बोनम्यारो निकालेर उनीहरुको डिएनएमा रहेको.जेनेटिक कमजोरी हटाउने प्रयास गरिन्छ ।

एड्स बनाउने एचआइभी भाइरसको वैकल्पिक भर्सनमा सुधार गरिएको जेन राखेर उपचार गरिने डा. एवेलिना माम्कार्जले बताइन् । जेन थेरापी मार्फत गरिएका शिशुहरु एक महिनाभित्र डिस्चार्ज हुने गरेको उनले बताएकी छन् ।

यो थेरापी मार्फत मेम्फिसमा रहेको सेन्ट जुडी चिल्ड्रेन्स रिसर्च हस्पिटल र सनफ्रान्सेस्कोमा रहेको युसिएसएफ बेनिअफ चिल्ड्रेन्स हस्पिटलमा शिशुको उपचार गरिएको हो । यसरी उपचार गरिएका शिशुमा एचआइभीको संक्रमण भने हुँदैन ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्