म जे छु त्यसमा रणवीरको खास भूमिका छ : आलिया

बलिउड अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र कलंक अहिले प्रदर्शनमा छ। यही समयमा उनले आफ्ना प्रेमी रणवीर कपूरका बारेमा पनि कुराकानी गरेकी छन्। उनले भनिन्, ‘आज म जे छु त्यसमा रणवीरको खास भूमिका छ।’

आलिया भट्ट त्यसै त आफ्नो व्यवसायिक जीवनसँगै व्यक्तिगत जीवनको कारणले सधैँभरि चर्चामा रहने गर्छिन्। आफ्नो प्रेम देखाउनलाई उनी कहिले पनि हिचकिचाउँदिनन्।

६४ औँ फिल्म फेयर अवार्डमा आलिया भट्टको चलचित्र ‘राजी’ ले तहल्का मच्चायो। तर यो अवार्ड शोको वातावरण तब रंगीन भयो, जब आलिया भट्टले रणवीर कपूरलाई ‘आई लभ यू’ भनेर खुलेआम आफ्नो माया प्रस्तुत गरिन्।

आलिया भट्टले चलचित्र राजीका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन्। अवार्ड पाएपछि आफ्नो माइक अगाडि बसेकी आलिया भट्टले भनिन्, ‘मेघना, मेरो लागि राजी तिमी हौ। यो तिम्रो रगत र पसिनाको नतिजा हो। यस पछि म आफ्नो सहकलाकार विक्की कौशललाई धन्यवाद भन्छु।’

यो पछि उनले आफ्नो मेन्टर करण जोहरप्रति कृतज्ञ भएको बताइन्।

अन्तिममा आलिया भट्टले रणवीर कपूरतर्फ इशारा गर्दै भनिन्, ‘आज मैले पाएको सबै चिज मेरो मायाको नाममा । त्यहाँ मेरो सबैभन्दा उत्कृष्ट मानिस बसिरहेको छ। म तिम्लाई धेरै माया गर्छु।’

कलंकको प्रमोशनको क्रममा आलियाको नृत्य अनि कामको धेरै नै प्रशंसा गरिएको थियो। उनलाई आँखामा यति चमक हुनुको राज के हो भनेर सोध्दा उनले उत्तर दिइन्,

‘चमक छ, छैन म हैन भन्दिन। ६ वर्ष भयो म यो क्षेत्रमा आएको । मेरो व्यक्तिगत जीवनको बारेमा म सधैजसो चुपचाप बसेकी हुन्छु। आज पनि म चुप रहन्छु तर त्यति हैन। फिल्मफेयरको समयमा जब म स्टेजमा थिए मलाई लाग्यो त्यो मानिसलाई मैले धन्यवाद दिनुपर्छ जो मेरो जीवनमा खास छन्। । मेलै त्यो सबैको नाम लिए जसले मलाई प्रोत्साहन गरेका छन्। म उनीहरुकै कारणले आज यहाँ छु। रणवीर पनि तिनै मध्ये एक हुन्। मलाई रणवीरलाई पनि धन्यवाद दिनुपर्छ जस्तो लाग्छ। किनभने रणवीरले मेरो जीवनमा अर्कै किसिमको खुशी र सकारात्कमता ल्याएको छ।’

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्