छ वटा विधेयक संसदमा पेश गर्न स्वीकृत

काठमाडौँ– सरकारले विभिन्न छ वटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको छ।

वैशाख २ गते बसेको मन्त्री परिषद्को बैठकले अतिरिक्त वियुविजन ऐन संसोधन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ संघीय संसदमा पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवम् सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन २०४८, नेपाल मिडिया काउन्सिल सम्बन्धी संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक पनि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

 

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्