शंकास्पद वस्तुभित्र प्लाष्टिकको बोतल र तार

फाइल तस्बिर

बुटवल– बुटवलमा फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ। ट्राफिक चोक नजिकै रहेको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि शंकास्पद वस्तु फेला परेको थियो।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्दा ठूलो आवाज आएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सो वस्तु बम नभई प्लाष्टिकको बोतल र तारहरू भएको बताए।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्