आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

महिला क्रिकेटमा एपीएफ सात विकेटले विजयी

दाङ-आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लमहीमा भएको महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब सात विकेटले विजयी भएको छ।

प्रदेश-७ ले टस जितेर पहिले व्याटिङ गर्दै १८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७१ रन जोडेको थियो। उसका लागि विन्दु रावलले सर्वाधिक १५ र रुवी पोदारले १२ रन जोडिन्।

बलिङतर्फ एपीएफ कि करुणा भण्डारीले तीन, सरता मगरले दुई तथा ऋतु कनोजिया र सोनु खड्काले समान एक–एक विकेट लिइन्।

७२ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको एपीएफले १२ ओभर चार बलमा लक्ष्य भेट्टाएको हो। एपीएफका लागि ज्याति पाण्डेले ३१, सरिता मगरले २२ र करुणा भण्डारीले १० रन बनाइन्।

बलिङतर्फ कविता जोशी, जानकी भट्ट र लक्ष्मी साउँदले समान एक–एक विकेट लिए। शुक्रबारको खेलमा बिहान प्रदेश–५ र प्रदेश–४ तथा दिउँसो एपीएफ र प्रदेश–३ को बिचमा प्रतिस्पर्धा हुनेछ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्