रसुवा र काठमाडौँमा अस्थायी पशु ‘क्वारेन्टाइन चेकपोष्ट’

गोकुल बाँस्कोटा।

काठमाडौँ – सरकारले संघमा समायोजन भएका कर्मचारीबाट कामकाज गर्ने गरी पशु ‘क्वारेन्टाइन चेकपोष्ट’ को कार्यालय सञ्चालनमा ल्याउने भएको छ।

सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार वैशाख २ गतेको मन्त्रीरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बास्कोटाका अनुसार काठमाडौँ अन्तगर्त रहने गरी रसुवाको रसुवागढी र नागढुङ्गामा अस्थायी पशु ‘क्वारेन्टाइन चेकपोष्ट’ स्थापना गर्ने निर्णय भएको छ।

मन्त्री बास्कोटाले बर्ड फ्लू लगायत पशु रोगको रोकथामका लागि सरकारले ‘क्वारेन्टाइन चेकपोष्ट’ खडा गर्ने निर्णयमा पुगेको बताए।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्