बोस्टनमा पहिलो पटक १३ जना कथाकार कथा वाचन गर्ने

बोस्टन-अमेरिकाको बोस्टनमा उत्तर अमेरिकाका १३ जना कथाकारले कथा वाचन गर्ने भएका छन्|

मे महिनाको ३ र ४ तारिकमा हुने उक्त कथा वाचन कार्यक्रममा कृष्ण कुसुम, कृष्ण धरावासी, कृष्णराज खनाल, गोबिन्दसिंह रावत, गोवर्धन पूजा, दीपा राई पुन, भारती गौतम, मन्जु विमली, महेश्वर पन्त, विश्वराज अधिकारी, सुशील नेपाल, हरि अधिकारी र हरि थापाले कथा वाचन गर्ने भएका हुन।

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको उक्त कथा वाचन कार्यक्रममा क्यानडा र अमेरिकाका कथाकारले कार्यक्रममा एकएक कथा वाचन गर्नुका साथै कथा सम्बन्धि आफ्नो धारणा व्यक्त गर्ने छन्।

अमेरिकामा पहिलो पटक आयोजना हुन लागेको कथा वाचन लाई आगामी दिनमा पनि निरन्तरता दिने आयोजक सस्थाका सुशील नेपालले बताए।उनका अनुसरा आउने कथाकारले आफू भन्दापछि पालो आउने कथाकारको बारेमा परिचय दिनेछन् र कथा वाचन गर्ने छन्।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्