लालबन्दीमा गाँजासहित तीन पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम-सर्लाहीको लालवन्दीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको लालवन्दी नगरपालिका ५ स्थित रंजितपुरबाट ३५ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रदेश-२ प्रहरी कार्यालय, जनकपुरले जनाएको छ।

पक्राउ पर्नेमा सोही नगरपालिकाका ५६ वर्षीय बिज बहादुर गोले, नगरपालिका १४का ३५ वर्षीय लाल बहादुर थिंग र धर्मलाल वाई रहेको प्रहरीले जनाएको छ।

विज बहादुो घरका लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रदेश २ प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जनाएका छन्।

विशेष सुचनाको आधारम थिंगको घरमा छापा मार्दा उक्त गाँजा बरामद गरिएको जनाइएको छ।

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्