महिला क्रिकेट खेलाडीसँग दर्शकको हुटिङ, ह्‍याण्डसेक र सेल्फी

दाङ-विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दले बिच बाटोमा रोकिएका यात्रु लमहीमा भैरहेको महिला क्रिकेट प्रतियोगिताको दर्शक बन्‍न पुगे।

प्रदेश नम्बर १ इटहरीको एक सहकारी संस्थामार्फत भ्रमणमा निस्किएकाहरु प्रदेश नम्बर १ र २ को खेलको दर्शक बनेका हुन्।

प्रदेश नम्बर-१ का महिला खेलाडीलाई हौसला थप्दै हुटिङ्ग गरेका थिए।‘बन्दले बिचमा रोकिन पर्‍यो। तर, हामी आफ्नै प्रदेशका महिला खेलाडीको खेल हेर्ने अवसर प्राप्त भयो ’भिष्मकुमार घिमिरेले भने–‘क्रिकेट खेलबाट प्रदेश नम्बर १ को नाम चम्किने भयो।’

महिला क्रिकेटको राष्ट्रिय क्याप्टेन रुविना क्षेत्री प्रदेश-१ बाट खेलेकी छिन्। उनी प्रदेश १ को पनि क्याप्टेन हुन।रुविनाले चौका बर्साउदा ‘रुविना हाई, हाई’को नारा चल्यो।

प्रदेश नम्बर-१ ले प्रदेश-२लाई 10 विकेटले हराएपछि खेलाडिको हौसला थप्न दर्शक मैदानमा प्रवेश गरेर हात मिलाएका थिए।

खेलाडिसँग सेल्फी र फोटो शेसन गरे।यसरी दर्शकको साथ पाएपछि खेलाडी पनि दंग थिए।

‘दर्शकको हुटिङ्गले राम्रो खेल्न प्रेसर मिल्छ’प्रदेश १ कि क्याप्टेन रुविना क्षेत्रीले भनिन्-‘दर्शको माया र हौसला एउटा खेलाडीको लागि ठूलो प्रेरणा हो।’

बैशाख ५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्