कृति लोकार्पण गर्दै साहित्यिक विवाह

काठमाडौँ – कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच साहित्यिक विवाह सम्पन्न भएको छ । नुवाकोटकी ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै विवाहबन्धनमा बाँधिएका हुन् ।

कृतिको लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पु¥याएको बताए ।
“विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन”, उनले भने ।

उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकामा बधाईसमेत दिए । १३ वर्षअघि एक साहित्यिक जमघटमा भएको भेटघाटले आज विवाहसम्मको स्थितिमा पुगेको कवि ढुङ्गानाले बताए ।

“त्यो भेटघाट आज विवाहसम्मको स्थितिमा पुग्ला भनेर कल्पना समेत गरेको थिइन”, उनले भने । त्रिवेणी वाङ्मय प्रतिष्ठानको आयोजना र सर्वनाम थिएटरको संयोजनमा उहाँहरुको विवाह भएको हो ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्