आठौँ राष्ट्रिय खेलकुद

महिला फुटबलमा नेपाल पुलिस ६–० ले विजयी

फाइल तस्बिर

दाङ– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ।

घोराहीको भरतपुर मैदानमा भएको खेलमा प्रदेश–५ लाई ६–० ले पराजित गरेको हो।

नेपाल पुलिसकी निरु थापाले ह्याट्रिक गरिन्। उनले पहिलो हाफमा नवौं मिनेट तथा दोस्रो हाफमा ५८ औँ र ८३ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन्।

यस्तै अमृता जैसीले दुई गोल गरिन्। उनले ७३ औँ र ७४ मिनेटमा गोल गरेकी हुन्। र निर्मलाले २४ मिनेटमा एक गोल गरिन्। शुक्रबार साँझ प्रदेश–२ र प्रदेश–३ बिच खेल हुनेछ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्