१६ महिना परिक्षणपछि नेपालगञ्जमा सोल्टी वेस्टेण्ड प्रिमियर होटल सञ्चालनमा

काठमाडौँ– नेपालगञ्जमा सञ्चालित अन्तर्राष्ट्रिय स्तरको ग्रिन होटल सोल्टी वेस्टेण्ड प्रिमियर १६ महिना परिक्षणपछि औपचारिक रुपमा सञ्चालनमा आएको छ। होटलको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेका हुन्।

सोल्टी होटल तथा नेपाली लगानीकर्ताहरुसँगको सहकार्यमा स्थापित संयुक्त उपक्रम नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको ग्रिन होटल सोल्टी वेस्टेण्ड प्रिमियर होटल उद्घाटनमा पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल तथा संघीय उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन समेत उपस्थित थिए।

होटल लगभग १ अर्व २५ करोडको लगानीमा नेपालको राजधानीमा रहेकोसोल्टी होटलको ब्राण्डमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपालको पाँचतारे होटलको स्तरीकरणमा बर्गीकृत छ। यो होटल नेपालकोे पहिलो ग्रिन होटलको रुपमा गत वर्षको मंसिर महिनामा निमार्ण सम्पन्न भई परिक्षणका रुपमा सञ्चालनमा रहेको थियो।

१६ महिनाको परिक्षण अवधि सफल भएको होटलको दाबी छ। सोल्टी वेस्टेण्ड प्रिमियर होटल सोल्टी होटल तथा नेपाली लगानीकर्ताहरुको संयुक्त लगानीमा संस्थापित कम्पनी सोल्टी शिबक्रिम होटेल्स तथा रिसोर्टस प्राइभेट लिमिटेड मार्फत नेपालका विभिन्न प्रमुख शहरहरुमा तारे स्तरका होटेलहरु निर्माण गरी सञ्चालन गर्ने तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित कम्पनीको पहिलो पाँच तारे होटल हो।यस होटलमा आधुनिक सुविधा सम्पन्न ८१ वटा कोठा रहेका छन्। यसका अतिरिक्त होटल परिसर भित्रै पर्यटनलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति तयार गर्नका लागि हस्पिटालिटी भोकेशनल ट्रेनिङ सेन्टर डिभिजन समेत छुट्टै भवनमा संचालनमा रहेको छ, सलाई नेपानलको ख्याती प्राप्त गेट कलेजले संचालन तथा व्यस्थापन गर्ने होटलले जनाएको छ।

होटलमा स्वीमिङपुलसहितको आधुनिक सुविधा सम्पन्न स्पा तथा वेलनेस सेन्टर छ जसले गुणस्तरीय स्पा तथा यस सम्बन्धी सेवा सुबिधाहरु रहेका छन्।

होटलमा ठुलासाना सभा, सम्मेलन,समारोह तथा प्रतिभोजहरुको आयोजनाका लागि दुई सभागृह रहेका छन्। निकट भविष्यमा क्यासिनो संचालन गर्नका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुको निमार्ण सम्पन्न भइसकेको होटलले जनाएको छ।

 

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्