राष्ट्रपतिबाट सर्वोच्चमा पाँच न्यायाधीश नियुक्त

फाइल तस्बिर

काठमाडौँ – राष्ट्रपति विद्यादेवि भण्डारीले सर्वोच्च अदालतमा पाँचजना न्यायाधीश नियुक्त गरेकी छिन् । न्यायपरिषदको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले न्यायाधीश नियुक्त गरेकी हुन् ।

प्रकाश ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका हुन् । ढुंगाना र माथेमा उच्च अदालतबाट सर्वोच्चमा गएका हुन् भने रेग्मी, फुयाँल र शर्मा कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका हुन् ।

नियुक्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समेत ग्रहण गरेका छन् ।

शुक्रबार नियुक्त भएका मध्ये रेग्मी र फुयाँल प्रधानन्यायाधीशसमेत हुनेछन् । पाँच न्यायाधीश नियुक्त भएसँगै सर्वोच्चमा न्यायाधीशको संख्या संविधानुसार २१ जना पुगेको छ ।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्