दाङमा विप्लवका दुई केन्द्रीय सदस्य पक्राउ

नेत्रबिक्रम चन्द 'विप्लव'

दाङ–दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुइ जना केन्द्रीय सदस्य पक्राउ परेका छन्।

केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ र श्यामबहादुर बोहरा ‘अटल’ दाङबाट पक्राउ परेको स्रोतले जनाएको छ।

उनीहरुसँगै नेकपा रोल्पाका जिल्ला नेता लालबहादुर ओली ‘विश्व’ पनि पक्राउ परेको स्रोतले जनाएको छ।

प्रहरीले भने विप्पलका केन्द्रिय नेताहरु पक्राउ परेको बारेमा आधिकारी भनाई सार्वजनिक गरेका छैन्।

बैशाख ६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू