गीतकारहरु सधैँ ओझेलमा पर्नु हुँदैनः ब्याकुल माइला

दाङ – राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ब्याकुल माइलाले गीत संगीत क्षेत्र व्यवसायिक बन्दै उद्योगको रुपमा विकास भइरहँदा यस भित्र रहेको असमानता हटाउनुपर्ने बताएका छन् ।

दाङको लमहीमा ओम संगीत पाठशालाले आयोजना गरेको स्वागत, सम्मान कार्यक्रममा उनले संगीतकार तथा गायकको तुलनामा गीतका सर्जकहरु आझेलमा परेको बताए ।

उनले गायकहरु लाखौँ कमाउने तर गीतकारले सेवा मात्रै गरिरहेको अवस्था अन्त्य हुनुपर्ने बताए ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्