विष्णु माझीको नयाँ गीत, ‘गर्लफ्रेन्ड शेयर’ गर्ने साथीको कथा

काठमाडौँ – सालको पात टपरीको अपार सफलतापछि चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको स्वरमा सजिएको नयाँ गीत ‘बलिदान’ बजारमा आएको छ ।

एक हप्ताअघि यूट्युव मार्फत डिजिटल बजारमा सार्वजनिक भएको यो गीतले पनि चर्चा बटुलिरहेको छ ।

योग्सना म्युजिक प्रालिले बजारमा ल्याएको ‘बलिदान’ गीत नेपालको यूट्युव ट्रेन्डिङमा २५ औँ नम्बरमा छ । गीतमा गायिका माझीलाई गायक गणेश अधिकारीले साथ दिएका छन् । गीतको शब्द र लय पनि गणेश अधिकारीको हो ।

गीतको म्युजिक भिडियोमा यौन सम्पर्कका लागि गर्लफ्रेन्ड (केटी साथी) शेयर गर्ने साथीहरुको कथा समेटिएको छ । झुटो मायाजालमा फसेकी एक गाउँले युवती कसरी वेश्यावृती तथा दुर्व्यसनमा लागेर जीवन बबार्द गर्छिन् भन्ने कथालाई भिडियोमा कारुणिक ढंगले प्रस्तुत गरिएको छ ।

निमार्ण पक्षले उच्च प्रविधि तथा हेलिकोप्टर प्रयोग गरेर बनाइएकाले नेपालकै सबैभन्दा महंगो म्युजिक भिडियो तयार भएको दाबी गरेको छ । म्युजिक भिडियोमा कलाकारहरु विमल अधिकारी, सारिका केसी, ओबी रायमाझी लगायतको अभिनय छ ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्