आईपीएलमा आज दुई खेल हुने, पहिलो खेलमा मुम्बई र राजस्थान भिड्दै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा शनिबार हुने पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ बजेर १५ मिनेटमा शुरु हुनेछ।

आफूले खेलका आठ खेल मध्ये ६ मा हार व्यहोरेको अजिन्क्या राहाणेको कप्तानीमा रहेको राजस्थान चार अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ। यस्तै हालसम्म नौं खेल खेलेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बई ६ मा जित निकाल्दै १२ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ।

राजस्थान र मुम्बई याे सिजनमा दोस्रो पटक भिड्दै छन्। पहिलो खेलमा राजस्थानले मुम्बईलाई चार विकेटले पराजित गरेको थियो। मुम्बईसँगको आजको खेलमा पराजित भएमा राजस्थानको प्लेअप पुग्ने सम्भावना कठिन हुनेछ।

आजै हुने दोस्रो खेलमा बेलुकी ८ बजेर १५ मिनेटमा दिल्ली क्यापिटल्स र किङ्स–११ पञ्जाव भिड्ने छन्।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्