अब नर्भिक अस्पतालमा ब्लड बैंक पनि

काठमाडौँ-नर्भिक अन्तराष्ट्रिय अस्पतालले रक्तसञ्चार केन्द्र(ब्लड बैक)को स्थापना गरेको छ । अस्पतालको २६ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बसन्त चौधरीले रक्तसञ्चार केन्द्र (ब्लड बैक)को उद्घाटन गरे ।

रक्तसञ्चार केन्द्र अस्पताल भित्रै स्थापना भएपछि आकस्मिक अवस्थाका विरामीका लागि रगत खोज्न बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ ।

रक्तसञ्चार केन्द्रको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले स्तरीय स्वास्थ्य सेवा र विरामीप्रतिको सेवामा अस्पताल सदैव सर्मपित हुने बताए ।

पछिल्लो समय नेपालमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध भएको र देश बाहिर जानुपर्ने अवस्था नरहेपनि समाजका प्रतिष्ठीत व्यक्तिहरुमा अझै पनि विदेश मोह देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

२५ शैयाबाट स्वास्थ्य सेवा दिन सुरु गरेको अस्पतालले आगामी ३ वर्ष भित्र २ सय ५० शैया पुर्याउने लक्ष्य सहित नयाँ भवन निर्माणको काम गरिरहेको छ । हाल अस्पतालमा १ सय ५० शैया रहेका छन् ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्