‘जीवन जात्रा हो, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो’

काठमाडौँ– चलचित्र जात्रैजात्राको नयाँ गीत सार्वजनिक भएको छ।

कालिप्रसाद बास्कोटाको स्वर अनि संगीतमा बनेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन्।

‘जीवन जात्रा हो, शास्त्रमा लेख्नलाई छुट्या मात्र हो’ बोलको गीतमा चलचित्रका मुख्य पात्र रविन्द्र सिंह बानियाँ, रविन्द्र झा अनि विपिन कार्की देखिएका छन्।

यो चलचित्र जात्राको सिक्वेल हो। प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई यज्ञश्वर पौडेल र सिंगे लामाले निर्माण गरेका हुन्। यो चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन्। चलचित्र जेठ ३ गते प्रदर्शनमा आउँदै छ।

चलचित्रमा अभिनेता दयाहाङ राई, विपिन कार्की, कलाकार रविन्द्र झा र रविन्द्र सिंह बानियाँ, नायिका बर्षा राउत, राजाराम पौडेल लगायतका कलाकार छन्।

चलचित्रको ‘एक एक जोडे दुई’ गीत यो भन्दा अगाडि सार्वजनिक भइसकेको छ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू