पर्साका तीन स्थानमा आगलागि

फाइल तस्बिर

वीरगञ्ज– पर्सा जिल्लाकाे छुट्टाछुट्टै तीन स्थानमा भएको आगलागिबाट ३ लाख १० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।

जगनाथपुर गाउँपालिका वडा नम्बर ४ बस्ने सुवा मियाको गोठमा भएको आगलागिबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने गोठ भित्र रहेको एउटा भैंसीकाे पाडाे जलेर मरेको छ। लामखुट्टे धपाउन बालेको आगोबाट आगलागी हुँदा अन्न, लत्ताकपडा गरि १ लाख ३० हजार बराबरको क्षति भएको हो।

यस्तै कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी टोलका सारिख मिँयाको फुसको छाना भएको घरमा आगलागि हुँदा  घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। अचानक भएकोे आगलागिबाट ८० हजार बराबरको क्षति भएको पर्सा प्रहरीले जानकारी दिएको छ। आगलागि प्रहरी र स्थानीयबासीहरुको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

यसैगरि पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ एकटाँगाका मोहनप्रसाद यादवको गोठमा आगलागि हुँदा १ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागिबाट गोठ भित्र रहेको एउटा मोटरसाईकल, एउटा साईकल र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगलागिबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएकाे छ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्