विवेकशीलले गर्यो नेपालमै पहिलो पटक अनलाइन निर्वाचन

काठमाडौँ– विवेकशील नेपाली दलले अनलाइन निर्वाचन सम्पन्न गरेको छ। नेपालमै पहिलो पटक भएको अनलाईन निर्वाचन मार्फत दलको आन्तरिक निर्वाचन सम्पन्न भएको हो।

निर्वाचनमा प्रदेश ८ (प्रवास समिति) का लागि भएको निर्वाचनमा सारा प्याकुरेल र सुरेश भट्ट आश्रिन तथा प्रदेश ३ बाट सरला लामिछाने र सन्जिव भट्टराईले सर्वाधिक मत प्राप्त गरेका छन्।

मतदानको केही हप्ता अगाडिदेखि नै उम्मेदवारले आफ्नो परिचय र मतदाताहरुसँग मतको लागि अनुरोध पनि अनलाइन मार्फत नै गरेका थिए।

निर्वाचनका लागि ब्यालट विन नामक सफ्टवेयरको प्रयोग गरिएको थियो।  विदेशमा रहेका नेपालीहरुको मतदान गर्ने अधिकार सुनिश्चित गर्ने र मूलधारको राजनीतिमा ल्याउने प्रयास रहेकाे  दलकी मिडिया सम्योजक अनुमा कोइरालाले बताइन् ।

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्