दिल्लीलाई पहिलो ओभरमै सफलता दिलाए सन्दीपले

एजेन्सी– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पञ्जावसँग खेल्दैछ। केही खेलमा टिमबाहिर रहेका सन्दीप लामिछानेले दिल्लीलाई पहिलो सफलता दिलाएका छन्। टिमका लागि दोश्रो र आफ्नो पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले केएल राहुललाई व्यक्तिगत १२ रनमा आउट गराएका हुन्।

पहिलो बलमा छक्का खाएका सन्दीपले तेश्रो बलमा चौका दिए पनि चौथो बलमा विकेट लिएका हुन्। आफ्नो पहिलो ओभरमा ११ रन खर्चिए ।

टस जितेर दिल्लीले पहिले फिल्डिङ रोजेको छ। सम्मान ९ खेलमा १० अंक जोडेको दिल्ली तेश्रो र पञ्जाव चौथो स्थानमा छ। तेश्रो स्थानमा कायम रहन दिल्लीलाई शनिबारको खेल जित्नै पर्ने हुन्छ भने, पञ्जाव विजयी भए तेश्रो स्थानमा पुग्नेछ।

 

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्