प्रधानमन्त्रीले भने, ‘कावासोतीमा घर छ, बर्दघाटमा सुकुम्बासी बन्ने चलन छ’

फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले समाधान नगरेका कारण सुकुम्बासीका समस्या ठूलो भएको बताएका छन्।

नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा नमुना सदरमुकामको सनिबार विशेष कार्यक्रमकाबीच शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासीको समस्या ठुलो समस्या नै नभएको बताए।

उनले भने, “सुकुम्बासीको समस्या ठुलो समस्या नै होइनन् । समाधान नगरेर बनेका हुन् ।” घरखेत नभएका नै बास्तविक सुकुम्बासी भएको भन्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरेर समस्या समाधान गरिने बताए । उनले भने, “कावासोतीमा घर छ, बर्दघाटमा गएर घडेरी कब्जा गर्यो भनेर सुकुम्बासी हुने पनि चलन छ । नारायणघाटमा ४ तले घर छ यहाँ आउँदा घडेरी छैन भने यहाँ सुकुम्बासी । यहाँ पनि एउटा घडेरी लिने । त्यो पनि चलन छ । त्यस्तो सुकुम्बासी होइन । वास्तविक सुकुम्बासीको समस्या समाधान गरिन्छ।”

प्रधानमन्त्री ओलीले प्रदेशका विकास निर्माण लगाय काममा जिम्मेबार ढंगले प्रस्तुत हुन मुख्य मन्त्रीलाई सुझाव दिए। उनले आफ्नो प्रदेशको आवश्यकता र विकासका सम्बन्धमा केन्द्र सरकारका अगाडि सर्त राखेर गैह् जिम्मेबार नबन्न मुख्य मन्त्रीलाई सुझाव दिए।

योजनावद्ध र दीर्घकालिन दृष्टिकोण राखेर सरकारले विकासका कामहरुमा अघि बढाएको उल्लेख गर्दै उनले निकट भविश्यमा नै मुलुकका संभाव्य सबै स्थानमा जलमार्ग सुरु गरिने दाबी गरे।

जिल्लाका एकीकृत सरकारी कार्यालय रहने गरि १ सय ८६ बिगाह क्षेत्रफलमा नमुना सदरमुकाम बनाउन लागिएको हो।

 

बैशाख ७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्