श्रीलंकामा श्रृङखलावद्ध बम विस्फोट

कोलोम्बोमा तीन चर्च र दुई होटल लगायतमा विस्फोट, कम्तिमा २५ को मृत्यु, २०० बढी घाइते

एजेन्सी-श्रीलंकाको राजधानी कोलम्बो स्थित ३ चर्च, २ होटल लगायत अन्य कैयौँ स्थानमा श्रृङखलावद्ध बम विस्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ भने कम्तिमा २०० जनाभन्दा बढी घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलंकाका प्रहरी प्रवक्ता रुवान गुसेकेराका अनुसार विस्फोट आईतबार बिहान स्थानीय समयअनुसार  ८ बजेर ४५ मिनेटमा भएको हाे।

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्