पार्टीको तल्लो तहको एकताबारे सोमबार सार्वजनिक गछौँ-प्रचण्ड

काठमाडौँ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी तल्लो तहको एकताबारे लामो समयको अन्यौललाई समाप्त पार्दै सोमबार त्यसरबारे औपचारिक घोषणा हुने दाबी गरेका छन्।

आइतबार नेकपा प्रदेश नम्बर-३ कमिटीको ७० औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा बोल्‍दै प्रचण्डले भने, ‘ पार्टीको तल्लो तहको एकताबारे सोमबार औपचारिक घोषणा हुन्छ। त्‍यतिबेलै आम पार्टी पक्तिले थाहा पाउनु हुनेछ।’

उनले पार्टीको तल्लो एकतालाई अन्तिमरुप दिइ सकेको र त्‍यसबारेमा सोमबार सार्वजनिक गर्ने तयारी  भइसकेको बताए।  उनले भने, ‘ ढिलै भएपनि एकता प्रक्रियामा सकारात्मक काम भएको छ। हामी ढिलै भए पनि एक हुन्छौ।’ ‘पहिले पनि हामीले एकताका लागि प्रयास नगरेको होइन तर ठूलो पार्टीलाई सबै तवरबाट व्यवस्थित गर्नु पर्ने थियो, त्यो अहिले सफल भएको छ,’ उनले भने।

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्