आठौँ राष्ट्रिय खेलकुद

पुरुष फुटबलमा एपीएफ र प्रदेश–५ सेमिफाइनलमा

नेपालगञ्ज– आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको–एपीएफ क्लब र प्रदेश–५ प्रदेश सेमिफाइनल प्रवेश गरेका छन्।

एपीएफले ३ नम्बर प्रदेशलाई पराजित गरेपछि यी दुई टीम सेमिफाइनलमा प्रवेश गरेका हुन् । तीन खेलमा शत प्रतिशत नतिजा निकालेको ५ नम्बर प्रदेश एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको हो।

विज्ञापन

आईतबार बिहान भएको खेलमा आशिष लामाको ह्याट्रिकको मद्दतमा एपीएफले ३ नम्बर प्रदेशलाई ४–० गोलले पराजित गर्‍यो। १४ औं, ६३ औं र ७० औं मिनेटमा गोल गर्दै लामाले ह्याट्रिक पूरा गरेका हुन्। एपीएफकाे जितमा सुदीप सिम्राकारले २४ मिनेटमा एक गोल थपे।

चारमध्ये तीन खेल जित्दै एपीएफ सेमिफाइनलमा पुगेको हो। एक खेल अगावै नै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश र एपीएफमध्ये को समूह विजेता हुन्छ भन्ने  ५ नम्बर प्रदेशको अन्तिम खेलमा निर्भर रहेको छ।

५ नम्बर प्रदेशले अन्तिम खेल ३ नम्बर प्रदेशसँग खेल्दैछ। ३ नम्बर प्रदेशमाथि जित या बराबरी गर्दा मात्र पनि ५ नम्बर प्रदेश समूह विजेता हुने प्रदेश–५ का प्रशिक्षक सानु तामाङले बताए।

एकमा जित र एक बराबरी खेलेको ३ नम्बर प्रदेश एपीएफसँग पराजय भएसँगै सेमिफाइनलको दौडबाट बाहिरिएको छ। दोस्रो खेल गण्डकी र १ नम्बर प्रदेशका बीचमा हुनेछ।

 

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू