श्रीलंकामा श्रृङ्खलावद्ध विष्फोट: मृत्यु हुनेको संख्या सय नाघ्‍यो, प्रधानमन्त्रीले बोलाए आपतकालिन बैठक

एजेन्सी-आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ। विस्फोटमा कम्तीमा ४०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

हालसम्मको जानकारी अनुसार तीन चर्च र कोलम्बोको एक पाँचतारे होटलमा समेत गरी कम्तीमा ६ स्थानमा विष्फोट भएको बताइएको छ।विष्फोटमा कैयौँ विदेश नागरिक समेत मारिएको खबर सार्वजनिक भएको छ।

विष्फोट पश्चात श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री रानिल विक्रमासंघेले सुरक्षाको लागि आपतकालीन बैठक बोलाएका छन्। घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ। अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन।

श्रीलंकाका राष्ट्रिपति मैत्रिपाला सिरिसेनाले विष्फोटको अनुसन्धान भईरहेकाे बताएका छन्। उनले मानिसहरुलाई फेक न्यूजमा विश्वास नगर्नका लागि अपिल गरेका छन्।

श्रीलंकाका अर्थमन्त्री मंगला समरवीराले ट्वीट गर्दै चर्च र होटलमा भएको विस्फोटमा निर्दोष व्यक्तिहरु मारिएको बताएका छन्।

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै आफूहरुले विष्फोटलाई नजिकबाट नियालिरहेको बताएकी छन्।

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्