प्रदेश- १ को प्रदेश सभा सचिवालय विधेयक पारित

मोरङ-प्रदेश नम्बर एकको प्रदेश सभा सचिवालय सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयक २०७६ पारित भएको छ। आइतबार प्रदेश प्रमुख प्रा.डा.गोबिन्दबहादुर तुम्वाहाङले सो विद्येयक प्रामाणिकरण गरेका थिए।

प्रमाणीकरणपछि प्रदेश सभाबाट पारित भएका विद्येयकको हालसम्मको कुल संख्या २५ पुगेको छ।

प्रदेशसभाको काम कार्वाही सुचारू र व्यवस्थापन गर्न संविधानको धारा १९५ बमोजिम कानूनी व्यवस्था गर्न उपर्युक्त भएकोले धारा १७५ बमोजिम प्रदेश नम्बर एकको सभाले ऐन बनाई प्रमाणिकरणको लागी विद्येयक पेश गरेको हो।

विद्येयकको प्रमाणीकरणपछि सभामुखलाई प्रदेशसचिव नियूक्ति गर्न बाटो खुल्ला भएको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले जानकारी दिए। प्रदेश सचिव नियुक्तीको लागी सभामुखको सिफारिसमा प्रदेश प्रमुखले गर्ने कानूनी व्यवस्था छ।

नियुक्ती हुने प्रदेश सचिव प्रमुख सचिवसरह रहनेछन्। २९ दफा रहेको विद्येयकमा सचिवालयको प्रशासकीय प्रमुखको रूपमा प्रदेशसचिव रहने व्यवस्था छ।

सचिवले प्रदेश सभा र सचिवालयको बार्षिक बजेट तयार गर्ने, आर्थिक, प्रशासनिक सम्बन्धी आवश्कीय काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी रहेको छ।

बैशाख ८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्