दिल्लीको ‘शीर्ष चार’ अभियान, ५ खेलमा ८ विकेट लिएका सन्दीपमाथी नजर

जयपुर- इन्डियन प्रिमियर लिग-आईपिएल क्रिकेटअन्तर्गत सन्दीप लामिछानेआबद्ध दिल्ली क्यापिटल्सले सोमबार राती राजस्थान रोयल्सको सामना गर्दै छ। राजस्थानको मैदान जयपुरमा हुने यस खेलमा दिल्ली जित हात पार्दै शीर्ष -४ भित्र बलियो हुने प्रयाशमा छ।

१० खेलबाट १२ अंक भएको दिल्ली तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्सको १० खेलबाट १४ अंक छ। दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको पनि १० खेलबाट १२ अंक छ।

९ खेलबाट १० अंक भएको सनराइजर्स हैदरावाद चौथो र १० खेलबाट १० अंक भएको किङ्स इलेभेन पन्जाब पाँचौँ स्थानमा छ। शीर्ष चार टोली दोस्रो चरणमा पुग्नेछन्। ९ खेलबाट ६ अंक भएको राजस्थान सातौँ स्थानमा छ।

लगातार तीन खेल मैदान बाहिर गत खेलमा टोलीमा परेका सन्दीप राजस्थानको नजरमा छन्। उनले किङ्स इलेभेन पन्जाबविरुद्ध भएको त्यस खेलमा ३ विकेट लिएका थिए। क्रिस गेल, केएल राहुल र साम कुरानले विकेट हात पारेका थिए।

प्रतियोगितामा सन्दीपले पाँच खेलमा  ८ विकेट लिएका छन्। सुरुका दुई खेलमा प्लेइङ सेटमा नपरेका  सन्दीप त्यसपछि लगातार चार खेलमा टोलीमा अँटाएका थिए। प्रतियोगितामा दिल्लीले हात पारेका ६ जितमध्ये चार जित अवे मैदानमा रहेको छ।

प्रतियोगितामा खेलेका प्रत्येक खेलमा सन्दीपले कम्तीमा एक विकेट हात पारेका छन्।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्