ट्रेड यूनियन कांग्रेसले अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाउने

मोरङ-विराटनगरमा १ सय ३० औँ अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा आयोजना गरिने नेपाल ट्रेड यूनियन कांग्रेस मोरङले जनाएको छ।

विराटनगरमा सोमबार आयोजित एक कार्यक्रममा ट्रेड यूनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले १८ गतेका दिन मनाइने दिवसको तयारी सुरु गरिएको बताए। अध्यक्ष कोइरालाका अनुसार, कार्यक्रममा सुनसरी र मोरङबाट विभिन्न पेशामा आवद्ध कर्मचारी तथा ट्रेड यूनियनकर्मीको उपस्थिती रहनेछ।

मुख्यतः विभिन्न पेशामा आवद्ध पेशाकर्मीको हकअधिकार सुरक्षित गर्नका लागि आफूहरु केन्द्रीत हुँदै गएको अध्यक्ष कोइरालाको भनाइ छ। त्यसैगरि, ट्रेड यूनियन कांग्रेस प्रदेश एकका अध्यक्ष नारायणबाबु कार्कीले सुनसरीमोरङ औद्योगिक करिडोरमा रहेका उद्योग, व्यवसायमा कार्यरत श्रमिकको वेतन, सेवा सुविधा, मनोरञ्जनको विषयमा ट्रेड यूनियनकर्मीहरु एक हुनुपर्नेमा जोड दिए।

दिवस मनाउने क्रममा स्थानीय देवकोटा चौकबाट सुरु हुने प्रभातफेरि संसारीमाइस्थान पुगेर कोणसभामा टुङगिनेछ। कार्यक्रमलाई सम्बोधन गर्नका लागि कांग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य एवं संघीय सांसद डा. मीनेन्द्र रिजाल, केन्द्रीय सदस्य अमृत अर्यालले गर्ने पक्का भएको कोइरालाले जानकारी दिए।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्