‘भारत’को ट्रेलरलाई शाहरुखले ‘क्या बात’ भनेपछि सलमानको जवाफ: पिक्चर अभि बाँकी है

नयाँ दिल्ली- बलिउड सुपरस्टार सलमान खान अभिनित ‘भारत’को ट्रेलर सोमबार अपराह्न  सार्वजनिक भएको छ। युटुब च्यानल ‘टि सिरिज’मा ट्रेलर अपलोड गरिएको दुई घन्टामै १४ लाखभन्दा बढीपटक हेरिसकिएको छ।

बलिउड कलाकारले सामाजिक सन्जालमा ट्रेलर सेयर गर्दै प्रशंसा र शुभकामना दिएका छन्। सलमान खानले ट्वीटरमा ट्रेलरको लिंक सेयर गर्दै लेखेका छन्- एउटा मान्छे र राष्ट्रको सँगसँगै यात्रा।

त्यस ट्वीटलाई सेयर गर्दै शाहरुखले  लेखेका छन्- क्या बात भाई। धेरै राम्रो।

शाहरुखलाई सलमानको प्रतिक्रिया छ- धन्यवाद साहरुख। पिक्चर अभि बाँकी हे (फिल्म बाँकी नै छ)।

अनिल कपुरले पनि ट्रेलर सेयर गर्दै सलमानलाई शुभकामना दिएका छन्। बलिउडमा ‘खान भाई’हरु हावी छन्। साहरुख खान, सलमान खान र आमिर खानका फिल्महरु रिलिज हुनुभन्दा महिनौँ अघिदेखि चर्चामा रहन्छन्।

सलमान अभिनित एक था टाइगर, जय हो, किक, दबङ-२,बडिगार्ड, रेडि, दबङ, वान्टेडलगायत फिल्म एक सय करोड क्लबमा पर्छन्। भारतीय स्वतन्त्रता संग्रामपछि यस देश र सोही समयमा जन्मिएका एक नागरिकले सँगसँगै तय गरेको यात्राको परिवेशमा फिल्म बनाईएको छ।

 

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्