रिङ हाल्‍ने क्रममा इनारमा खसेर कामदारको ज्‍यान गयो

फाइल तस्बिर

दाङ– दाङमा ईनारमा खसेर एक जनाको मृत्यु भएको छ।  ईनारको रिङ हाल्ने क्रममा सुनसरी जिल्ला इनरुवा नगरपालिका–५ बलाहा घर भई हाल घोराही उपमहानगरपालिका–१६ मा डेरा गरी बस्ने २० वर्षीय रञ्जीत मेहताको मृत्यु भएको हो।

सोमबार घोराही उपमहानगरपालिका–१६ सर्राका ठरालु चौधरीको निर्माणाधीन इनारमा उनी इनारमा रिङ हालिरहेका थिए।

सोमबार तीन बजेतिर ईनारमा खस्दा उनी मेहता घााइते  भएका थिए। घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटाेम मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ।

बैशाख ९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्