चिम्पान्जी (गुरिल्ला) ले रेन्जरसँग सेल्फीका लागि दिए यस्तो ‘पोज’

प्रजातान्त्रिक गणतन्त्र कंगोमा दुई गुरिल्ला (चिम्पान्जी) ले आफूलाई सानै हुँदा उद्धार गरेका रेन्जरले खिचेको सेल्फीमा राम्रो पोज दिएका छन् । रेन्जरले खिचेको सेल्फीमा दुई चिम्पान्जीले ‘कुल पोज’ दिएका छन् ।

विरुन्गा राष्ट्रिय निकुञ्जमा रहेको गुरिल्ला अनाथालयमा सेल्फी खिचिएको हो । यो केन्द्रमा शिकारीले हत्या गरेका जनावरका बच्चालाई हुर्काउने गरिन्छ । गुरिल्लाले आफ्नो हेरचाह गर्ने व्यक्तिको सिको गर्ने गरेको राष्ट्रिय निकुञ्जका डेपुटी डाइरेक्टर इन्नोसेन्ट मब्युरनम्वेले बताएका छन्।

गुरिल्लाले रेन्जरहरुलाई आफ्ना माता–पिताको रुपमा लिने गरेका छन् । दुवै गुरिल्लाका आमाको सन् २००७ को जुलाईमा शिकारीले हत्या गरेका थिए । त्यो बेला अहिले तस्बिरमा वयश्क देखिएका गुरिल्ला दुई र चार महिनाका थिए । त्यसको केही समयपछि नै उनीहरुलाई अनाथालयमा ल्याइएको थियो ।

उद्धार गरेका रेन्जरहरुसँगै हुर्किएका कारण गुरिल्लाहरु रेन्जरसँग नजिक रहेको उनले बताएका छन् ।

राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षाका लागि रेन्जर खटिने गरेका छन् । तर शिकारी समूहसँग उनीहरुको बेला बेलामा झडप हुने गरेको छ ।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्