आठौँ राष्ट्रिय खेलकुद

प्रदेश–१ लाई आठ विकेटले पराजित गर्दै एपीएफ पुरुष क्रिकेटकाे फाइनलमा

म्यान अफ द म्याच भएका शरद भेषवाकर। तस्बिर: देश सञ्चार।

नेपालगञ्ज– सशस्त्र प्रहरीको एपीएफ क्लव आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको कोहलपुरमा चलिरहेको पुरुष क्रिकेटको फाइनलमा पुगेको छ। मंगलबार भएको खेलमा प्रदेश–१ लाई आठ विकेटले पराजित गर्दै एपीएफले फाइनलमा स्थान बनाएको हो।

टस जितेर पहिले व्याटिङ गरेको प्रदेश– १ ले १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ४९ रन बनाएको थियो। प्रदेश–१ का मिनास थापा र सन्नी पुनले सर्वाधिक १४/१४ रन जोडे।

प्रदेश–१ लाई सस्तैमा समेट्ने क्रममा एपीएफका शरद भेषवाकरले ४ र वसन्त रेग्मीले ३ विकेट लिए।

५० रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रेको एपीएफले १० ओभर ५  बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। एपीएफका शंकर रानाले २३ र प्रदीप ऐरीले १७ रन जोडेका थिए।

प्रदेश–१ का लागि दिपेश कँडेल र पुष्प थापाले एक/एक विकेट लिए। एपीएफका शरद भेषवाकर म्यान अफ दि म्याच भए।

 

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्