एक महिलाले जन्माइन् एकै पटकमा चार शिशु!

वीरगञ्‍ज- वीरगञ्जको एक  अस्पतालमा प्रसूतिका लागि भर्ना भएकी एक महिलाले एकैपटकमा चारवटा शिशु जन्माएकी छिन्।

पर्साको छिपहरमाई गाउपालिका वडा नम्बर-४ जयमंगलापुरकी नजमा खातुनले चार वटा शिशुलाई जन्म दिएकी हुन्।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा सुत्केरी हुन ‍भर्ना भएकी खातुनले तीन छोरी र एक वटा छोरासहित चार शिशु जन्माएकी हुन्।

खातुनले पहिलो गर्भमै चारवटा सन्तान जन्माएको अस्पतालले जनाएको छ।

खातुनले जन्माएकी बच्चाहरुको तौल कम रहेकाले उनीहरुलाई एनआईसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ।

महिलाको स्वास्थय अवस्था समान्य नै रहेको अस्पतालमा कार्यरत अहेब व्‍यास महतोले जानकारी दिए।

बच्चाहरु सबैभन्दा कम ७ सय ग्रामको छ,अहेब महतोले भने, ‘त्यसपछि क्रमश ८ सय ९ सय र सबैभन्दा बढी एक किलोको एकवटा शिशु छ।’

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्