चालू आर्थिक वर्षभित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने अर्थमन्त्रीको दावी

काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्ष भित्र लक्ष्य अनुसारनै पूँजीगत खर्च हुने दावी गरेका छन्।

अर्थमन्त्री खतिवडाले कतिपय विकास निर्माणको काम सम्पन्न भएपनि भुक्तानी नभएकाले तत्काल पूँजीगत खर्च कम भएको देखिएको पनि बताएका छन्।

मंगलबार नेपाल व्यवस्थापन संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले विकास, निर्माणको काममा खर्च हुने तर तत्काल भुक्तानी हुने नगरेकाले पूँजीगत खर्च कम देखिएकोतर्फ पनि सबैको ध्यानाकर्षण गराए।

चालू आर्थिक वर्षको हालसम्म ४८ प्रतिशत पूँजीगत खर्च भएको छ। अर्थमन्त्री खतिवडाले विकास, निर्माणको काम सम्पन्न भएर पनि भुक्तानी नभएको अवस्था पनि रहेकाले पूँजीगत खर्चमा कमी देखिएको स्पष्ट पारेका छन्।
उनले विकास, निर्माणको काममा तीव्रता आउँदा पनि पूँजीगत खर्च नदेखिनुमा भुक्तानी ढिलाई हुने गरेकाले सो समस्य समाधानका लागि मातहतका निकायलाई सचेत गराइएको पनि बताए।

अर्थमन्त्री खतिवडाले असार महिनामा मात्रै बजेट खर्च हुने भन्ने भनाई सत्य नभएको पनि बताएका छन्। अरु महिनामा भुक्तानी नभएका बजेट पनि असार महिनामा भुक्तानी हुने भएकाले असार महिनामा मात्रै बजेट खर्च हुने गरेको देखिए पनि त्यो सत्य नभएको अर्थमन्त्री खतिवडाको भनाई छ।

अर्थमन्त्री खतिवडाले वित्तिय व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणको कामलाई सन्तुलित बनाउन पनि सरकार प्रतिवद्ध रहेको बताए।

बैशाख १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्