५.२ म्याग्निच्यूडको भूकम्प, केन्द्रविन्दु नौबिसे

बुधबार बिहान भूकम्पको धक्का लगत्तै ललितपुर कुपण्डोल क्षेत्रको अवस्था । तस्बिर : मन्दिरा राउत/देश सञ्चार

काठमाडौँ – धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो ।

भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।

बैशाख ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्